काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभरका ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।
पार्टीका प्रवक्ता मनिष झाले जेठ २३ र २४ गते तय गरिएको ६८ जिल्ला अधिवेशनमध्ये हालसम्म ५६ जिल्लामा अधिवेशन सम्पन्न भएको जानकारी दिए ।
उनका अनुसार बाँकी १२ जिल्लामा अधिवेशन प्रक्रिया जारी रहेको छ ।
एक जिल्लामा अधिवेशन स्थगित भएको बताउँदै उनले डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ र मुस्ताङमा नभएको बताए।
रास्वपाले संगठन विस्तार तथा नेतृत्व चयनलाई केन्द्रमा राखेर जिल्ला अधिवेशन सञ्चालन गरिरहेको जनाएको छ ।
पार्टीले अधिवेशनमार्फत स्थानीय तहसम्म संगठन सुदृढ बनाउने लक्ष्य लिएको बताइएको छ ।
पार्टीले आगामी जेठ २६ गतेदेखि प्रदेश अधिवेशन सुरु गर्ने तयारी गरेको छ।
साथै राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने बाँकी १० जिल्लामा राष्ट्रिय महाधिवेशनपछि अधिवेशन गरिने योजना रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम राष्ट्रिय महाधिवेशन २०२६ आगामी असार ७ देखि ९ गते चितवनमा हुने तय भएको छ।








