काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले यस्तो बताएका हुन् ।

यही १७ जेठमा प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।

यही विषयलाई लिएर विपक्षी दलहरूले संसद बैठकलाई अवरोध गरेपछि सभामुख अर्यालले सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको विश्वास व्यक्त गरेका हुन् ।

सभामुख अर्यालले भन–‘विगत केही दिनदेखि सदन स्थगित भइरहेको छ । विषयवस्तु उठिरहेको विषयमा मलाई पनि ध्यानाकर्षण भएको भन्दै आएको छु । यसमा सत्तापक्षबाट विपक्षी दलसँग संवाद भइरहेको पनि जानकारी नै छ ।’

उनले विपक्षीले उठाएका विषयमा सरकार पनि गम्भीर रहेको बताए । उनले आग्रह गर्दै भने–‘हामीले हाम्रा मुद्दा र विषय दर्ज गराएका छौं । सरकार त्यसका गम्भीर नै हुन्छ भन्ने मलाई विश्वास छ । त्यसकारण हामी पनि हाम्रो कार्यसूचीमा अगाडि बढौं ।’

आज प्रतिनिधिसभामा राष्ट्र बैंक ऐन तेस्रो संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुँदैछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

यसभन्दा अगाडि सभामा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेको बेहोरा जानकारी गराउनेछन् ।

त्यसपछि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको