ठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीले संसदीय समितिमा झुट बोलेको दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर छलीका विषयमा झुट बोलेको दाबी गरेका हुन् ।

‘भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीलेसम्म संसदीय समितिमा गएर झुट बोल्नुभएको छ । हामीले संसदीय छानबिन माग गरेको रहरका लागि होइन,’ प्रतिनिधिसभामा उनले भने ।

उनले बजेट निर्माणका क्रममा करका दर हेरफेरलाई राजद्रोहको संज्ञा दिँदै अर्थमन्त्री वाग्लेमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन् ।

बुधबारको बैठकमा पनि उनले यस विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको