काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले आफ्नै सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाएका छन्।
बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा उनले आफ्नै सरकारमाथि आर्थिक वर्षको बजेटप्रति कति नागरिक खुसी छन् भन्दै प्रश्न गरेका छन् ।
बजेटबाट गरिबले के पायो भनेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रश्न गर्दै उनले भने- ‘जनताको घरदैलोमा गइराख्नुपर्छ । गरिबको भान्समा देखिनुपर्छ । सरकारी कर्मचारीले त २१ प्रतिशत पायो । गरिबले के पायो ? तीन करोड जनसंख्यामा कर्मचारी कति छन् ?’
युवाहरुको विद्रोहले जेनजी आन्दोलन भए पनि यो बजेटले उनीलाई रोजगारी दिने क्षमता पनि नराख्ने उनले तर्क गरे।
उनले थप भने- ‘ यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखियो ? मैले बुझाउने क्षमता राख्दिँन।’







