मोरङ । मोरङबाट ९२२ किलो अवैध गाँजा बरामद भएको छ ।
बुधबार राति सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग, बीओपी नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले जिल्लाको जहदा गाउँपालिका-७ महादेवकोलबाट उक्त ठूलो परिमाणको गाँजा बरामद गरेको हो ।
लक्ष्मनियाबाट सीमावर्ती क्षेत्र तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको वानटन पिकअप गाडीलाई बिआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाइकलले स्कटिङ गरिरहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले पिछा गरेको थियो। त्यसपछि चालकहरू गाडी र मोटरसाइकल छाडेर फरार भएका थिए ।
सशस्त्रको टोलीले एउटा पिकअप गाडी र मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । गाडी र मोटरसाइकल चालक भने फरार नै रहेका सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाँजा, गाडी र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको