धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश  सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि कैलालीको धनगढीस्थित रिद्धिसिद्धी पार्टी प्यालेसमामंगलबार भएको निर्वाचनमा वर्तमान सभापति समेत रहेका  विष्ट ३५८ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत पाएको रास्वपाले जनाएको छ ।

रास्वपाको प्रदेश सभापतिका लागि वर्तमान सभापति विष्ट, कैलाली क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित केपी खनाल, सञ्चार उद्यमी डा। जनकराज पन्त र कञ्चनपुरका नारायण वैद्ये आकांक्षि थिए ।

आकांक्षि चार जना मध्य वर्तमान प्रदेश प्रदेश सभापति प्रकाश विष्ट र केपी खनाललाई बलियो दाबेदारका रूपमा हेरिएको थियो ।

केपी खनाल रास्वपाका वरिष्ठ नेता रहेका प्रधानमन्त्री बालेन शाह निकट हुन् भने  विष्ट पार्टी सभापति रवि लामिछाने निकट हुन् ।

सो अनुसार सभापति लामिछाने पक्षले  विष्टलाई नै दोहो¥याउने योजना बनाएको थियो ।

प्रदेश कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूको चयनका लागि भने निर्वाचन प्रक्रिया मङ्गलबार दिउँसो २ बजेबाट सुरु हुने कार्यक्रम रहेको छ

रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशन सोमबारदेखि सुरु भएको थियो । अधिवेशनको उद्घाटन प्रदेश अधिवेशन पार्टीका महामन्त्री भूपदेव शाहले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको