काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।
शनिबार चितवनमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै लामिछानेले लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट आफूहरू कहिल्यै पछि नहट्ने बताएका हुन् ।
उनले आन्तरिक लोकतन्त्र कमजोर भए त्यसले भविष्यमा समस्या निम्त्याउन सक्ने बताए । राजनीतिक दलमा आउने समस्या देशकै लागि ठूलो असर पर्ने भएकाले सबैले जिम्मेवार भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
यसैगरी देशको वर्तमान राजनीतिक व्यवस्था र उपलब्धिको चर्चा गर्दै लामिछानेले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र यहाँसम्म आइपुग्दा भएका त्याग र बलिदानको स्मरण गरे ।
उनले भने- ‘हामी हिजोका त्याग, बलिदान र संघर्षहरूको सम्मानको जगमा उभिएका छौँ र हामीलाई यसमा गर्व छ। हिजोको बलिदानको उचाइकै कारण आज हामीले यति फराकिलो दृश्य देख्न पाएका हौँ। तपाईहरूलाई प्रतिबद्धताका साथ फेरि पनि भन्न चाहन्छु कि यी मूल्य र मान्यताहरू र लोकतन्त्र प्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख हुनेछैनौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको