काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन सुरु भएको छ।
चितवनको भरतपुरस्थित उद्योग वाणिज्य सङ्घको खुला चौरमा आज पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र ‘बालेन’ शाहले महाधिवेशनको संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गरेका हुन्।
उद्घाटनका क्रममा कांग्रेस सभापति गगनकुमार थापा लगायतविपक्षी दलका नेताहरूले पनि घण्टी थमाईदिएका छन् ।
महाधिवेशनमा रास्वपाका ४ हजार २ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन्।
उद्घाटन सत्रमा संसदमा प्रतिनिधित्व गरेका दलहरुमध्येबाट नेपाली कांग्रेसका सभापति थापा, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।
यसैगरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा। सीके राउत पनि महाधिवेशनमा पुगेका छन्।
भरतपुरमा आजदेखि सुरु भएको महाधिवेशन यही असार ९ गतेसम्म चल्नेछ । तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नीति र नेतृत्व चयन गर्नेछ।







