चितवन । प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले गन्तव्यमा पुगेपछि मात्रै गाडीमा ब्रेक लाग्ने टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री शाहभन्दा अघि सम्बोधन गरेका नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई ब्रेक र एक्सिलरेटर सँगै हुने भएकाले दुबै थिच्दा दुर्घटना हुने टिप्पणी गरेका थिए ।
‘महाधिवेशन भनेको पार्टीको विषयमा बोल्ने, पार्टीलाई कसरी सुदृढ बनाउने भन्ने नै कुरा गर्नुपर्छ । प्रतिपक्षी साथीहरुले भन्नुभयो, सरकार भनेको गाडीजस्तै हो गाडीमा एक्सिलरेटर मात्र होइन ब्रेक पनि लगाउनुपर्छ । तर, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ।’ उनले भने ।
प्रधानमन्त्री बालेनले गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका महाधिवेशन प्रतिनिधिहरूले हुटिङ गरेका थिए ।







