काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन हुँदैछ । केहीबेर अघि केन्द्रीय सदस्य पदको मतपरिणाम घोषणा भएसँगै पदाधिकारीका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

अहिलेसम्म महामन्त्री पदका लागि ८ जना नेताले उम्मेदवारी घोषणा गरेका छन्। परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिन आचार्य, नेता गणेश पराजुली र मनिष झा, रञ्जु दर्शना, प्रमोद न्यौपाने र सागर ढकालले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

रास्वपाको विधानअनुसार सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री, तीन सहमहामन्त्री र कोषाध्यक्ष पदका लागि निर्वाचन हुने व्यवस्था छ। महाधिवेशनबाट निर्वाचित ९९ सदस्यीय केन्द्रीय समितिमध्येबाट पदाधिकारी चयन गर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको