काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।
उपसभापति पदका अर्का आकांक्षी विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन्। श्रेष्ठले आफूले पार्टीभित्रको सहमतिलाई प्राथमिकता दिँदै वाग्लेलाई निर्विरोध निर्वाचित हुन सहयोगस्वरूप उम्मेदवारी फिर्ता लिएको बताएका छन्। श्रेष्ठ हाल ऊर्जा मन्त्री हुन्।
यसअघि परराष्ट्र मन्त्री शिशिर खनालले पनि महामन्त्री पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन्।
यद्यपि महामन्त्री पदमा भने अझै धेरै नेताहरूको आकांक्षा रहेकाले उक्त पदमा सहमति जुट्ने सम्भावना कम रहेको पार्टीका नेताहरूको भनाइ छ। त्यसैले महामन्त्री पदका लागि प्रतिस्पर्धा हुने लगभग निश्चित देखिएको छ।







