काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिका–४ स्थित राप्ती आँखा अस्पतालको नयाँ अपरेसन थिएटर भवन शुक्रबार उद्घाटन गरिएको छ।

काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र तुलसीपुर उप–महानगरपालिकाका मेयर टिकाराम खड्काले संयुक्त रूपमा उक्त दुई तल्ले भवनको उद्घाटन गरेका हुन्।

भारतीय राजदूतावासका अनुसार उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project – HICDP) अन्तर्गत निर्माण गरिएको हो। परियोजना तुलसीपुर उप–महानगरपालिकामार्फत कार्यान्वयन गरिएको थियो। यो दाङ जिल्लामा भारत सरकारको सहयोगमा सम्पन्न भएको सातौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

उद्घाटन समारोहमा तुलसीपुर उप–महानगरपालिकाका मेयर, अस्पताल व्यवस्थापन समिति तथा अन्य सरोकारवालाले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ पूर्वाधारले दाङ तथा आसपासका नागरिकलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

भारतीय राजदूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातै प्रदेशमा करिब ६०० परियोजना अघि बढाइएको छ। तीमध्ये लुम्बिनी प्रदेशमा ६६ वटा तथा दाङ जिल्लामा ७ वटा परियोजना रहेका छन्।

यसका साथै भारत सरकारले दाङ जिल्लाका विभिन्न स्वास्थ्य तथा शैक्षिक संस्थालाई १९ वटा एम्बुलेन्स८ वटा विद्यालय बस उपलब्ध गराइसकेको छ। लुम्बिनी प्रदेशभर भने १६९ वटा एम्बुलेन्स५९ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिएको राजदूतावासले जनाएको छ। यसअघि सन् २०२२ को जनवरीमा राप्ती आँखा अस्पताललाई पनि एउटा एम्बुलेन्स उपलब्ध गराइएको थियो।

भारतीय राजदूतावासले नेपाल र भारतबीचको निकट छिमेकी सम्बन्ध, विकास साझेदारी र बहुक्षेत्रीय सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले यस्ता परियोजनामार्फत स्वास्थ्य, शिक्षा तथा आधारभूत पूर्वाधार विकासमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको