विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जस्थित दुई पक्षबीच विवाद हुँदा झडपका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका जयप्रकाश मेहताको शव परिवारले जिम्मा लिएका छन् । गृहमन्त्री सुधन गुरुङ्गसँग हिजो सात बुँदे सहमतिपश्चात् उनीहरुले शव बुझेका हुन् ।
विराटनगरको न्यूरो अस्पतालबाट शव बुझेर पोष्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ । पोष्टमार्टमपछि विराटनगरमा शोकयात्रा र सुनसरी लगेर दाहसंस्कार गर्ने आफन्तले बताएका छन् । गत आइतबार सुनसरीमा हिन्दु र मुस्लिम समुदायबीच विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर उनी गम्भीर घाइते बनेका थिए । उपचारको क्रममा उनको हिजो ज्यान गएको हो ।
उनको परिवारले शव बुझ्न नमानेकोमा गृहमन्त्री गुरुङ्गले हिजो सुनसरी पुगेर सात बुँदे सहमति गरेका हुन् ।







