काठमाडौं। आगामी साउन २३ गते काठमाडौंको थापागाउँमा नयाँ राजनीतिक मोर्चा घोषणा गरिने भएको छ। जनार्दन शर्मा नेतृत्वको सचिवालयका अनुसार वैकल्पिक तथा मधेश केन्द्रित राजनीतिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यसहित मोर्चा घोषणा गर्न लागिएको हो।

प्रस्तावित मोर्चामा सीके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (नेपाल), प्रभु साह नेतृत्वको आमजनता पार्टी, रेशम चौधरीसँग आबद्ध नागरिक उन्मुक्ति पार्टी, बहुजन एकता पार्टी, संघीय समाजवादी पार्टी नेपाललगायत दल सहभागी हुने जनाइएको छ।

मोर्चा घोषणाका लागि सम्बन्धित दलका शीर्ष नेताहरूबीच सहमति जुटिसकेको जनमत पार्टीका अध्यक्ष राउतले बताएका छन्। उनका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा वैकल्पिक शक्तिहरूबीच सहकार्य आवश्यक देखिएकाले संयुक्त मोर्चा घोषणा गर्न लागिएको हो।

राजनीतिक विश्लेषकहरूले विगतमा मधेशको राजनीतिमा प्रतिस्पर्धी रहेका नेताहरू अब साझा एजेन्डामा सहकार्यको तयारीमा जुट्नु महत्त्वपूर्ण राजनीतिक घटनाक्रमका रूपमा हेरेका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी–२ मा राउतले तत्कालीन प्रतिस्पर्धी उपेन्द्र यादवलाई पराजित गरेका थिए। त्यसअघि पनि मधेशको राजनीतिक नेतृत्व र प्रभावका विषयमा यी नेताहरूबीच प्रतिस्पर्धा रहँदै आएको थियो।

यसअघि २०८२ फागुनअघि पनि मधेशवादी शक्तिहरूलाई एकीकृत गर्ने प्रयास भएको भए पनि त्यसले पूर्णता पाउन सकेको थिएन। अहिले भने जनार्दन शर्माको पहलमा विभिन्न दलहरूबीच सहकार्यको वातावरण बनेको बताइएको छ। यद्यपि मोर्चाको संरचना, कार्यप्रणाली र आगामी रणनीतिबारे विस्तृत जानकारी घोषणा सभामै सार्वजनिक गरिने जनाइएको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले लामो समयदेखिको गृहकार्यपछि मोर्चा घोषणा सम्भव भएको बताएका छन्। उनका अनुसार विगतका अनुभवबाट सिक्दै प्रभावकारी र परिणाममुखी सहकार्यका लागि सबै दल सहमत भएका छन्।

मोर्चाले आगामी राजनीतिक एजेन्डा, साझा कार्यक्रम तथा भावी निर्वाचनमा सहकार्यको मोडालिटी कस्तो हुनेछ भन्ने विषय भने घोषणा सभापछि मात्र स्पष्ट हुने अपेक्षा गरिएको छ।उपेन्द्र यादब मेशमा कमजो हुन थालेपछि यो मोर्चा बनाईएको हो । यादवले विगतमा कयौ पटक मोर्चा बनाएपनि सफन हुुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको