काठमाडौँ । राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ। प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आयोगको आर्थिक वर्ष २०८०र८१ र २०८१र८२ को वार्षिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेकी हुन्।
बैठकमा मन्त्री गौतमले राष्ट्रिय सभाका अध्यक्षको अनुमति लिई मधेसी आयोगको दुई आर्थिक वर्षको वार्षिक विवरण समेटिएको प्रतिवेदन सदनमा टेबल गरेकी थिइन्। नेपालको संविधानको व्यवस्थाबमोजिम संवैधानिक निकायले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिमार्फत सरकारलाई बुझाउने र सरकारले सो प्रतिवेदन संसद्मा पेस गर्ने प्रावधान रहेको छ।







