राजविराज । सप्तरीको बलान बिहुल गाउँपालिका(५ रामनगर कोदरकट्टीस्थित नेपाल(भारत सीमा क्षेत्रमा पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी चौकीका इन्चार्ज असई प्रदीपकुमार बिष्टमाथि आक्रमण गरेको छ।

‎शनिबार साँझ भारतबाट विस्फोटक पदार्थ ९पटका० ल्याउँदै गरेको अवस्थामा बोदेबरसाईन नगरपालिका–३ का रामदुलार यादवलाई प्रहरीले पटाकासहित नियन्त्रणमा लिएको थियो। पक्राउ परेका यादवलाई छुटाउन पुगेको समूहले प्रहरीमाथि आक्रमण गरेको सप्तरी प्रहरीले जनाएको छ।

प्रहरीले यादवको साथबाट करिब एक लाख १७ हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ। पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय कडबोनामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रूपक खड्काले जानकारी दिए।

‎घटनामा संलग्न रहेको आरोप लागेका देवकुमार यादवसहित अन्य व्यक्तिको खोजी भइरहेको उनले बताए। घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने भन्दै उनीहरूको पहिचान र पक्राउका लागि प्रहरी परिचालन गरिएको एसपी खड्काले बताए।

यसअघि पनि सोही रामनगर कोदरकट्टी प्रहरी चौकीमा कार्यरत प्रहरीमाथि तस्करीको विषयलाई लिएर आक्रमण भएको थियो । गत असारमा पनि सोही चौकीका तत्कालीन इन्चार्ज असई रामकुमार यादवमाथि तस्कर समूहले कुटपिट गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको