राजविराज ।   संयुक्त राज्य अमेरिकाबाट दुई वटा प्रतिनिधिमण्डलका २१ जना अधिकारी हिजो काठमाडौं आइपुगेका छन्। भुटान र थाइल्याण्ड हुँदै आएका उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै महाराजगञ्जस्थित अमेरिकी राजदूतावासतर्फ प्रस्थान गरेका थिए ।

भुटान एयरलाइन्सको चार्टर्ड उडानमा १६ सदस्यीय अमेरिकी टोली पारो हुँदै काठमाडौं आएको हो। टोली विमानस्थलबाट सोझै अमेरिकी राजदूतावासतर्फ गएको थियो।

त्यसैगरी, थाई एयरलाइन्सको उडानमा अमेरिकी सिनेटर टोड यङसहित पाँच सदस्यीय टोली बैंकक हुँदै काठमाडौं आइपुगेको थियो । रिपब्लिकन पार्टीका तर्फबाट इन्डियाना राज्यको प्रतिनिधित्व गर्ने सिनेटर यङसहितको टोली पनि विमानस्थलबाट अमेरिकी राजदूतावासतर्फ गएको हो ।

उनीहरूको नेपाल भ्रमणको उद्देश्य, भ्रमणको अवधि तथा नेपाली पक्षसँग हुने सम्भावित भेटघाटबारे थप विवरण र जानकारी दिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको