काठमाडौँ। बडादशैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो जन्मथलो फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ। घटस्थापनादेखि आजसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत कुल पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडिसकेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्ने यात्रुहरूमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष रहेका छन्।

अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायका सिलसिलामा काठमाडौँमा बसोबास गर्दै आएका मानिसहरू दशैँ मनाउन घर फर्कने क्रम तीव्र बनेपछि उपत्यकाका प्रमुख नाकाहरू तथा बसपार्कमा चहलपहल र सवारीसाधनको चाप ह्वात्तै बढेको छ।

हाल नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका मुख्य नाकाहरूबाट यात्रुहरू बाहिरिरहेका छन्। चाडपर्वका बेला यात्रुको यात्रा सुरक्षित बनाउन, सवारी चाप व्यवस्थापन गर्न र दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएर निगरानी बढाएको काफ्लेले जानकारी दिएका छन्।

साथै, लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र सावधानीमा विशेष ध्यान दिन पनि प्रहरीले आग्रह गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको