काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसका नेता गगन थापामाथि व्यङ्ग्यात्मक टिप्पणी गर्दै राजनीतिक कटाक्ष गरेका छन्।

कार्कीले नयाँ राजनीतिक दल गठनका लागि कुलमान घिसिङसँग बार्गेनिङ गरेको तथा केही जेनजी अभियन्ताको सहयोगमा बालेन्द्र शाहसँग संवाद गर्ने प्रयास गरेको विषय सार्वजनिक भइसकेको दाबी गरेका छन्।

उनले नयाँ दल खोल्ने अभ्यासमा लागेका व्यक्तिले अर्को पार्टीबारे टिप्पणी गर्नु कुनै नौलो कुरा नभएको उल्लेख गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।

कार्कीले आफ्नो सामाजिक सञ्जालमार्फत कटाक्ष गर्दै लेखेका छन्, ‘जसले नयाँ दल खोल्न कुलमानसँग बार्गेनिङ गर्‍यो, केही जेनजी अभियन्ताको सहयोगमा बालेनसँग कुरा गर्ने प्रयास गरेको छताछुल्ल छ। नयाँ दल खोल्न अभ्यास गर्नेले अर्को दल भन्नु कुनै नौलो होइन।’

उनले थप व्यङ्ग्य गर्दै नयाँ दल गठन गरेको दिन मात्रै अर्को दलका विषयमा बोल्न सुझाव दिएका छन्। साथै, गगन थापालाई लक्षित गर्दै ‘अहिले अठार करोडको झमेलामा लाग्नुस्, नबरबराउनुस्’ भनेका छन्।

कार्कीको उक्त अभिव्यक्तिले कांग्रेसभित्रको आन्तरिक राजनीति र नयाँ राजनीतिक दल गठनको चर्चालाई लिएर राजनीतिक वृत्तमा थप बहस सिर्जना गर्ने देखिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको