राजविराज – आतंकवादी हमलाका कारण श्रीलंका पीडामा डुबिरहँदा केही मुलुकहरु भने त्यस्तो अवस्थाबाट फाइदा लिन प्रयत्नशील थिए ।
पाकिस्तानमा आधार रहेका केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले श्रीलंका आक्रमणलगत्तै भारतविरोधी प्रपोगण्डा गरेका छन् । नक्कली ट्वीटर एकाउन्ट बनाएर श्रीलंकामा भएको आतंकवादी हमलामा भारतको हात रहेको अफवाह फैल्याउने कार्य भइरहेको पाइएको छ ।

श्रीलंकाली सेनाका जनरल एनएलके समरसिंघले इस्टरको बेला भएको आक्रमणमा भारत प्रत्यक्ष संलग्न रहेको दावी गर्दै सन्सनीपूर्ण ट्वीट गरे । तर त्यो ट्वीटर अकाउन्ट फेक थियो । जसमा लेखिएको छ, ‘स्टर आक्रमणमा भारत प्रत्यक्ष संलग्न छ । इन्टेलिजेन्स एजेन्सीले यस सम्बन्धमा प्रमाणहरु संकलन गरिसकेको छ । यो मामिला हामी राष्ट्र संघमा लैजाने छौं  र भारतविरुद्ध कदम चाल्नेछौं । भारत प्रतिक्रियाका लागि तयार भएर बसे हुन्छ ।’

फेब्रुअरी २०१९, मा सिर्जना गरिएको ‘ब्रिगेडियर एनएलके समरसिंघे’ ह्यान्डलबाट पहिलो ट्वीट नै यहि थियो । श्रीलंकाका ब्रिगेडियरको अकाउन्ट भनिए पनि यसलाई फलो गर्ने श्रीलंकालीहरु भने बिरलै छन् ।

श्रीलंकाली जनरलको जस्तै अन्य फेक अकाउन्टबाट पनि भारतविरोधी प्रपोगान्डा भेटिएको छ । सोही अकाउन्टको प्यारेन्ट  ‘हुवैद युुसुफजाई’ले पनि यस्तै अफवाहहरु फैल्याएको पाइएको छ ।

सो अकाउन्टबाट २८ फेब्रुअरीमा लेखिएको थियो,  ‘ब्रकिङ न्युज ! पाकिस्तानका तीनै सेनाहरुलाई उच्च सतर्कतामा राखियो । एलओसीमा भारतीय सेनाले निरन्तर आक्रमण गरिरहेको छ । पकिस्तानी सेनाले बलियो जवाफ दिइरहेको छ ।

’ब्रिगेडियर एनएलके समरसिंघको अर्को ट्वीटमा लेखिएको छ, ‘सत्रु (भारत) मुुसलमान र क्रिष्चियनलाई भिडाउन चाहन्छ । ऊ हामीलाई फेरि गृहयुद्धमा फसाउन खोजिरहेको छ । तमिल टाइगरको पछाडि बस्ने सत्रुको बारेमा म कुरा गर्दैछु । हामी एकताबद्ध भएर ऊसको सामना गर्नुपर्छ ।’
यस्ता कैयन अकाउन्टहरु छन् । जो पाकिस्तानमा आधारित देखिन्छन् र भारतविरुद्ध हल्ला मच्चाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको