राजबिराज – विश्व जगतलाई नै आश्चर्यचकित पारेर बहुमतसहित सत्ता हात पार्न सफल नरेन्द्र मोदी फेरि अर्को ५ वर्षका लागि सत्तासीन भएको छ । हिन्दु धर्म र सांस्कृतिक राष्ट्रवादलाई केन्द्रमा राख्ने बीजेपीको यो जित अहिले विकसित विश्व भूराजनीतिक शक्तिसन्तुलनमा निकै महत्वपूर्ण हुने देखिन्छ ।
भूराजनीतिक हिसाबले एउटा शक्तिशाली मुलुकको पहिचान सिर्जना गर्न लालायित भारतमा मोदी नेतृत्वको निरन्तरताले एशिया क्षेत्रमा नयाँ अवस्था सिर्जना भएको छ । यसको सीधा असर नेपाल र हिमालय क्षेत्रमा स्वतः पर्ने नै भयो । यसअघि पटक पटक नेपाल आएका मोदीले केही न केही सन्देश छोडेर गएको छ । अहिलेको अवस्थालाई हेर्दा मोदीको निरन्तरताले नेपाललाई फाइदा हुने देखिन्छ । मोदीको नेपाल भ्रमणले कयौ पर्यटक क्षेत्रहरुमा पर्यटकको बृद्धि भएको देखिन्छ । मुक्तीनाथ, जनकपुर र काठमाण्डौको बाबा पशुपतिनाथ मन्दिरमा मोदीको आगमन भएदेखि नै त्यस क्षेत्रको पर्यटकीमा प्रभाव परेको देखिन्छ ।
मोदी अब दोस्रो कार्यकालमा केही नया ढंगले नेपाल भारतको सम्बन्ध अझ प्रगाढ गर्न केही न केही सुधार उन्मुख भूमिका खेल्ने निश्चित देखिन्छ । मोदीले नेपालसँगको धार्मिक तथा सांस्कृतिक चासो अथवा नजिकपना र छिमेकीलाई पहिलो प्राथमिकता भन्ने नाराका लागि केही गरेर देखाउन र सम्बन्ध राम्रो बनाउन सजिलै सकिने देश नेपाल भएका कारणले मोदीले नेपाल सम्बन्धलाई विस्तार गरिने बुझिएको छ ।
मोदीको पुनःआगमनले नेपाललाई हुन सक्ने फाइदा नेपाल र भारतको सम्वन्धमा मात्रै सीमित छैन । हिमालय क्षेत्र केन्द्रित भूराजनीतिक समीकरण नयाँ ढंगले विकसित हुन सक्ने अवस्था छ ।
सांस्कृतिक र धार्मिक हिसाबले हिमालय क्षेत्रको मौलिक विकासमा सहयोग हुनुपर्छ भन्दा मोदी सकारात्मक हुन सक्ने सम्भावना हुन्छ । त्यसैगरी चीनका राष्ट्रपतिले नेपालका राष्ट्रपतिलाई हिमालय क्षेत्रको संरक्षण, सम्वर्धन र मौसम परिवर्तनका असरलाई कम गर्ने कुरामा पूर्ण सहयोग गर्ने वचन दिएका छन् ।
नेपालले राम्रसँग सहजीकरण गर्न सकेको खण्डमा हिमालय क्षेत्रको अभियान नेपाल भारतको साझा मिलन बिन्दु हुन सक्छ, जसले नेपालको दीर्घकालीन स्वायत्तता र समृद्धिका लागि ठूलो भूराजनीतिक सहजता प्राप्त हुन्छ । नेपालको राजनीति भारतसँग मेल खाने भएकोले मोदीको आगमनबाट नेपालको राजनीतिमा प्रभाव पर्ने पक्कै सम्भावना देखिएको छ । मोदीको जित भएपछि नेपालका तराई क्षेत्रबाट पनि धेरै नेताहरुले शुभकामना सन्देश पठाएको छ । त्यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन् । त्यस्तै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले मोदीलाई शुभकामना सन्देश पठाएको जानकारी प्राप्त भएको छ ।







