लाहोर – पाकिस्तानीको नेतृत्व गरिरहेका प्रधानमन्त्री इमरान खानको सरकारको सामुदायिक सद्‌भावको भित्रि पाटो फेरि एकपटक खुलासा भएको छ । पाकिस्तान सरकारको धार्मिक घृणा फैलाउने प्रवतिले पाकिस्तानमा समस्या उत्पन्‍न गराएको छ ।

पाकिस्तान सरकारका कानुन कार्यान्वयन गराउने अधिकारी र मुस्लिम समुदायका सदस्यहरुले अहमदियाको चिहानबाट इस्लामिक चिन्‍ह हटाउने अभियान थालेका छन् । उक्त घटना सोमबार पञ्‍जाबको गुजरनवाला गाउँमा भएको पाकिस्तानी सञ्‍चारमाध्यम डनले जनाएको छ ।

पाकिस्तानी अल्पसंख्यक समुदाय अहमदियाका सदस्यका हनसार तिरिगिरी गाउँमा सन् १९६० मा स्थापना गरिएको हो । जहाँ मुस्लिम समुदाय र अन्य धर्मका मानिसहरुले सन् १९६७ मा सुरु गरेका थिए ।

जहाँ ९० प्रतिशत अह्‌मिदज्‌हरुको चिहान रहेका छन् । उनीहरु अल्पसंख्यक भएको घोषणा भएपछि उनीहरुका चिहानलाई छुट्याएका हुन् ।

जुलाई ३ मा त्यहाँका चिहानबाट इस्लामिक चिन्ह हटाएको भन्‍ने उजुरी परेको थियो । एक अहमदीया समुदायका सदस्यले भने प्रहरीहरुले त्यहाँबाट इस्लामिक चिन्ह हटाउने मन्जुरीपत्रमा हस्ताक्षर गर्न दबाब दिइरहेका छन् ।

प्रहरी अधिकारीका अनुसार अल्पसंख्यक सदायलई त्यहाँ इस्लामिक चिन्ह राख्‍न पाउने संवैधानिक अधिकार छ । तर, उनीहरुलाई उक्त चिन्हहरु राख्‍न दिइएको छैन । अहमदियाका प्रवक्ताले पाकिस्तानी अधिकारीहरुको उक्त क्रियाकलापले राष्ट्रिय प्रबर्द्धनका लागि सामुदायिक सद्‌भावको विपरीत भएको बताएका छन् ।

https://www.justearthnews.com/rights-details/HR/3066/imran-khan-s-communal-harmony-agenda-tanks-as-pakistan-forces-ahmadiyyas-to-remove-religious-signs-from-graveyard.html

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको