एजेन्सी – अपहरण, धर्म परिवर्तन र विवाह । पछिल्लो समय पाकिस्तानमा यस्ता किसिमका घटनाहरु निकै धेरै बढेका छन् । अनुसन्धानकर्ता डा. आर्दश माधवनका अनुसार हरेक महिना २०-२५ पाकिस्तानी हिन्दू किशोरीलाई अपहरण गरेर धर्म परिवर्तन गर्न बाध्य पारी अपरिचित मुस्लिम केटासँग विवाह गराउने क्रम बढीरहेको छ ।

१५ वर्षीय किशोरी मेहक कुमारी र १९ वर्षीया जगजित कउरको घटनाले अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमको ध्यानाकर्षण गराएको छ । यी दुई पाकिस्तानमा अल्पसंख्यक हिन्दू समुदायमाथिको उत्पिडनको सपाट चित्र हो ।

विभिन्‍न संघसंस्थाका प्रतिवेदन अनुसार करिब एक हजार हिन्दू र क्रिश्चियन किशोरीहरुलाई अपहरण गरेर धर्म परिवर्तन गराउँदै अपरिचित मुस्लिम समुदायसँग विवाह गराउनेक्रम बढिरहेको छ ।

पाकिस्तानको मानवअधिकार आयोगले हरेक महिना २०-२५ किशोरीहरु अपहरणमा पर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । नेदल्यान्डस्थित मानवअधिकार रक्षा (जीएचआरडी)ले पीडित र उनीहरुको परिवारलाई न्याय दिने प्रयासहरु गरिरहेको छ । मददान अधिकारबाट वञ्‍चित र मन्दिरमा पूजा गर्नसमेत प्रतिबन्ध लगाउने गरिएको छ । केहीलाई त अपहरणकारीसँगै विवाह गर्न बाध्य पारिन्छ । पाकिस्तानमा अल्पसंख्यकहरुको जीवन अपमान र असुरक्षा तथा आधारभूत मानव अधिकारबाट वञ्‍चित भएर बाँच्‍नुपर्ने बाध्यता रहेको छ ।

https://asianlite.com/news/asia-diaspora-news/special-pak-fanatics-target-minority-girls/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको