राजविराज । नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली प्रधानमन्त्री भएपश्चात भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँलाई टेलिफोन गरी बधाई दिएका छ । मोदीले ओलीलाई बधाई दिदैँ भारत भ्रमणको निम्तो पनि दिनुभयो । जवाफमा ओलीले मोदीलाई पनि नेपाल आउन निमन्त्रणा दिई मुक्तिनाथ र जानकी मन्दिर भम्रणको लागि आग्रह गरे ।
मोदीले प्रधानमन्त्री ओलीलाई लिखित शुभकामना संदेश पनि पठाएको दुतावासको आफ्नो समाजिक सञ्जालमार्फत जनाएको छ । नेपालका लागि भारतिय राजदुत मन्जीब सिंहपुरी मार्फत ओलीलाई शुभकामना पत्र पठाएको दुतावासले जनाएको छ ।
यस अघि मोदीले ओलीलाई २०१७, डिसेम्बर २१ तारिख, बिहिवार टेलिफोन गरि सम्पन्न चुनावमा बाम गठबन्धनको सफालताप्रति बधाई दिदै स्थिरता र समावेशी विकासमा भारतको सहयोग रहने बताएका थिए । त्यस वखत मोदीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग पनि टेलिफोन वार्ता गरेका थियो ।
दुई देशका उच्च स्तरीय नेताहरुबीच यसरी भईरहेको निरन्तर संवादलाई नेपाल र भारतबीच रहिअएको घनिष्ट कूटनीतिक, आर्थिक, सामाजिक, व्यापारिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पुनः पुष्टि गरेको छ । ओलीलाई भारत भ्रमण गर्ने निमन्त्रणा र मोदीलाई नेपाल भ्रमण गर्ने निमन्त्रणा आफैमा साकारात्मक र प्रंशसनीय कदम हो । ओली–मोदी टेलिफोन सम्वादका क्रममा ओलीले मोदीको चाहना अनुरुप जनकपुर र मुक्तिनाथको धार्मिक भ्रमणको मात्रै निम्तो दिएनन, ओली पनि मोदीसंँग सम्बन्ध सुधारका लागि साकारात्मक पहल गरिरहेको देखिन्छ । भारतीय विदेश मन्त्री सुस्मा स्वराज नेपाल आएको बेला ओली–स्वराज ४५ मिनेट लामो एकल संवादको आधारमा विश्लेषण गर्दा ओलीले मोदीसंँगको सम्बन्ध र स्वराजको भ्रमणलाई उच्च महत्तव दिएको देखिन्छ ।
दुवैतर्फबाट भईरहेको सम्बन्ध सुधारको प्रयास ओलीजस्ता चतुर राजनीतिज्ञले अवसरको रुपमा लिएको देखिन्छ । त्यसैले त्यस अवसरको ओलीले पूर्णरूपमा प्रयोग गरेका छन् र आफू भारत विरोधी नभएको र आफ्नो कार्यकालमा भारतीय स्वार्थमा आँच आउन नदिने भनी मोदी र स्वराजलाई विश्वास दिलाउन अधिकतम प्रयास गरिरहेका छन ।







