राजविराज । सोमबार राति परेको पानीले सप्तरीका इँटा उद्योग व्यवसायीहरुको करिब दस करोड रुपैयाँ बराबरको काँचो इँटा नष्ट गरेको छ।
सप्तरी इँटा उद्योग व्यवसायी संघका अनुसार पानीले एउटा इँटा उद्योगका मजदुरहरुले तयार गरेको करिब १५ लाख रुपैयाँ बराबरको काँचो इँटा नष्ट भएको हो। संघका  अध्यक्ष दुर्गानन्द साहका अनुसार वर्षाले जिल्लाका इँटा उद्योगका करिब १० करोड रुपैयाँ  बराबरको काँचो इँटा नष्ट भएको जानकारी दिए। वर्षाले इँटा उद्योगको करिब ४० प्रतिशत काँचो इँटा नष्ट भएको उनको भनाइ थियो।

पानीले उद्योगमा भएका इँटा माटोमै परिणत भएका छन्। त्यस्तै इँटाका चाङ लडेका छन्। अध्यक्ष साहले वर्षाले एक हप्ता काम रोक्नुपर्ने देखिएको सुनाए। ‘वर्षाको कारण मजदुरले खलाको इँटासमेत उठाउन भ्याएनन्’, उनले भने, ‘जसले गर्दा खलाभरि पानी जमेको छ।

इँटा उद्योग व्यवसायीहरुका अनुसार काँचो इँटाको अभावले भट्टीको आगो नै निभाउनुपर्ने समस्या आइलागेको छ। वर्षाले धेरैजसो इँटाको चाङ लडाएका छन्। ठडिएका चाङका पनि तल र माथिका चारचार लाइन इँटा काम नै नलाग्ने भएको इँटा उद्योग व्यवसायीहरु बताउँछन्।

उनका अनुसार वर्षाले भिजेका इँटा सुक्नै समय लाग्ने भएको छ। जसले गर्दा भट्टीको आगो निभाउनुपर्ने बाध्यता आउने उनिहरुको भनाइ थियो। बर्षाका कारण सप्तरीमा रहेको विरला , एलपि ,चान्दनी,स्टील, गणपति ,कपुर , विश्वकर्मा , शेरा , शिबशंकर ईटा उद्योगहरुमा बढी क्षति भएको छ । वर्षाले दस करोडको इँटा नष्ट भएपछि व्यवसायीहरुले पाको इँटाको भाउ बढाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको