काठमाडौं । एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।
अघिल्लो दिनको तुलनामा शुक्रबार मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि चैत ७ गते १ लाख ७६ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको