काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ९७ रनमा समेटेको छ ।
टस जितेर पहिले बलिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै स्कटल्याण्डलाई १९.३ ओभरमै अलआउट गराएको हो ।
नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ४ विकेट लिएर ११ रन मात्र दिएका थिए ।
त्यस्तै, करण केसी र दीपेन्द्रसिंह ऐरीले २–२ र ललित राजवंशीले १ विकेट लिए । एक ब्याट्सम्यान रनआउट भएका थिए। स्कटल्यान्डका लागि माइकल लिस्कले ४६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान टिक्न सकेनन् ।
त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो पहिलो खेलमा नेपाल सोमबार नेदरल्याड्ससँग तेस्रो सुपरओभरमा पराजित बनेको थियो ।







