काठमाडौं । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित निकालेको छ ।
आज भएको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गर्‍यो ।
४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपाले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्‍यो ।
नेपालका लागि विपिन शर्मा एक्लैले ६ विकेट लिए । ७ दशमलव ३ ओभर बलिङ गरेका उनले जम्मा १२ रन दिए ।
पहिले ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि प्रशिद्ध जैशीले १३२ रनको शतकीय पारी खेलेका थिए ।
यस्तै, परिमार्जन यादवले ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रन बनाएका थिए ।
समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेट र दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो।
आजको खेलमा नेपालले इन्डोनेसियालाई पराजित गरेसँगै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ ।
नेपालले समूह चरणको अन्तिम खेल मंगलबार भुटानसँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको