
राजविराज । सप्तरीको सुरुगा नगरपालिकामा गत जेठ २२ गते राति हत्या गरिएका कन्तलाल चौधरीको हत्यारा पक्राउ परेका छन् ।
घट्ना भएको दुई महिनापछि प्रहरीले घटनामा संलग्न ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुरुङा नगरपालिका ८ का वर्ष २७ को राजेश कुमार मरिक, वर्ष २८ को संजय मरिक, बोदे बर्साइन नगरपालिका २ बस्ने वर्ष २० को दिपेन मरिक,
खडक न.पा.वडा नं.११ बस्ने वर्ष ३४ को हरिकिसुन मरिक, शम्भुनाथ न.पा. वडा नं.८ बस्ने वर्ष २४ को दिपक मरिक, उदयपुरको बेलका न.पा.वडा नं.१ बस्ने वर्ष २८ को चन्दर मरिक, सप्तरीको संरुंगा न.पा.वडा न.०७ वस्ने वर्ष ३३ को राजु कुमार बि.क., सिराहाको लाहान न.पा. वडा न.६ वस्ने वर्ष ५२ को महेन्द्र गोड्से र लहान ८ वस्ने वर्ष ३८ को उमेश साह सोनार छन् ।
पक्राउ परेकाहरूविरुद्ध डाँका तथा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरि अन्य अनुसन्धान गरिरहेको सप्तरी प्रहरीका प्रमुख एसपी गौतम केसीले जानकारी दिए ।
पक्राउ परेकाहरुबाट मृतकको घरबाट लुटिएको गरगहनासहित कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग हुने २ राउन्ड गोली र १ थान खुकुरी बरामद भएको प्रहरीले जनाएको छ ।
पत्रकार सम्मेलनमा उपस्थित भएका मधेश प्रहरीका प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीले सफल अनुसन्धान गरि हत्यारा पक्राउ गरेकोमा धन्यवाद दिए ।