काठमाडौं । अस्ट्रेलियामा आज भइरहेको पहिलो अभ्यास टी-२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)माथि नेपालले ४२ रनको जित निकालेको छ।
आज बिहान भएको खेलमा टस जितेर एसिटीले पहिला फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको थियो।
सुरुमा ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १७७ रन बनायो। नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतक हिर्काए। ३९ बल खेल्दा उनले ६९ रन बनाएका हुन्। कप्तान रोहित पौडेलले २८ बलमा २६ रन बनाउँदा आरिफ शेखले १८ बलमा २४ रन जोडे। नेपालका अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन्।
१७८ रनको चुनौती पछ्याएको एसिटी १७.२ ओभरमा १३६ रन बनाएर अलआउट भयो। नेपालले आजै दोस्रो टी-२० पनि खेल्नेछ
नेपाल क्रिकेट सङ्घ ९क्यान० काअनुसार नेपालले अगस्ट २६ देखि ३० तारिखसम्म क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्न लागेको हो। नेपालले दुईदुई वटा टी–२० प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको