काठमाडौं । मलेसियामा जारी अन्तर्राष्ट्रिय टी–२० सिरिजमा घरेलु टोलीसँगको चौथो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली ६ विकेटले विजयी भएको छ।
सुरुमा ब्याटिङ गरेको मलेसियाले नेपाललाई ११२ रनको चुनौती दिएको थियो। टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १११ रन बनाएको हो।
जवाफी ब्याटिङ गरेको नेपालले १७ ओभर तीन बलमा चार विकेट गुमाएर ११५ रन बनायो। नेपालका लागि कप्तान इन्दु बर्माले नटआउट ४८ रन बनाइन्। ३९ बलको सामना गरेकी बर्मा अर्धशतक बनाउन दुई रनले चुकेकी हुन्। कप्तान बर्मासँग उत्कृष्ट साझेदारी गरेकी रुबिना क्षेत्रीले २३ बलको सामना गर्दै २३ रन थपिन। कप्तान बर्मा र क्षेत्री नटआउट रहे।
पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनले पराजीत नेपालले चौथो खेलमा ६ विकेटको जित निकालेको छ ।
यो जितसँगै नेपालले मलेसियासँगको पाँच खेलको सिरिजमा २–२ को बराबरी गरेको छ। सिरिजको फाइनल खेल बुधबार हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको