राजविराज । सप्तरी क्षेत्र नम्बर – ४ का निर्वतमान सांसद तथा पूर्व मन्त्री तेजुलाल चौधरीको हाल जनतासामु तीव्र आलोचना भईरहेका छन्। तीन पटकसम्म एउटै क्षेत्रमा निर्वाचित भएका चौधरीको कार्यकालमा स्थानीय विकासको कुनै उल्लेखनीय उपलब्धि नदेखिएपछि स्थानीय अगुवा र वुद्धिजीवीहरूले उनलाई चर्को रूपमा आलोचना गरिरहेका छन्। जनताका लागि कुनै ठोस काम नगर्दा, चौधरीको राजनीतिक प्रभाव घट्दै गएको छ।
स्थानीय राधेश्याम यादवले चौधरीको कार्यशैलीलाई लिएर असन्तोष व्यक्त गर्दै भने, “चौधरी निर्वाचन जित्नका लागि पैसा र मासु बाँडेर जनतालाई धोका दिन्छन्। तर, निर्वाचित भएपछि काठमाडौँमा बसिरहन्छ, यहाँको विकासमा कुनै चासो देखाउँदैनन्। यस पटक हामी नेताको खोजी गर्दैछौं जसले यहाँको विकासमा समय खर्च गर्नेछ।”
चौधरीले पटक–पटक जनताको विश्वास जित्नका लागि भिन्न तरिकाहरू अपनाएका छन्। स्थानीय चुनावी रणनीतिमा जातीय समीकरण र आर्थिक प्रलोभनको प्रयोग गर्दा, उनले आफ्नो पक्षमा मतदाताहरूलाई तान्न सफल भएका छन्। यद्यपि, विकासको कुरामा भने उनले कुनै ठोस योजना बनाउन सकेका छैन ।
नेपाली काँग्रेसका नेताले भने, “हाम्रा नेताहरुले जनताको विश्वास जित्नका लागि प्रतिवद्धता तथा कार्यक्षमताको प्रदर्शन गर्नुपर्छ। चौधरी जस्ताका लागि पार्टीले टिकट दिनु हुँदैन।” यसले पार्टी भित्र पनि चौधरीको विरुद्धमा आक्रोश विकसीत भइरहेको छ।
स्थानीय नागरिकको चासो र अपेक्षालाई ध्यानमा राखेर, यस क्षेत्रका बासिन्दाले अहिलेको सांसदलाई पुन: निर्वाचित गर्न चाहदैनन्। उनीहरूको भनाइ छ कि, “हामीलाई विकासको आवश्यकता छ, नेता होइन जो केवल चुनावकै समयमा आउँछन् र वाचा गर्छन्।”
, चौधरीको वर्तमान स्थिति र कार्यशैलीले क्षेत्रको जनताको चासो र अपेक्षालाई पूरा गर्न असफल भएको देखिन्छ। यसले आगामी चुनावमा जनताको रुख के हुने हो भन्ने बारेमा संकेत गर्दैछ।
यदि चौधरीले आफ्नो कार्यशैलीमा परिवर्तन ल्याउन नसकेमा, उनलाई आगामी चुनावमा जनताको कठोर निर्णयको सामना गर्नुपर्नेछ।
सप्तरी क्षेत्र नम्बर – ४ का लागि राजनीतिक परिवर्तनको आवश्यकता स्पष्ट देखिन्छ। जनताले अब तयारी गरेका छन्, र यस पटकको चुनावमा उनीहरूले विकासको खोजीमा भएका नेताहरुलाई प्राथमिकता दिनेछन्।







