काठमाडौं। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काको समूहले ११ बुँदे निष्कर्ष निकालेको छ।
बुधबारदेखि ३ दिनसम्म काठमाडौंको महाराजगञ्जस्थित स्माट होटलमा भएको भेलाले ११ बुँदे निकालेको हो।
बैठकपछि बिहीबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा कुनै नेताको आवेग, उत्तेजना वा लहडका भरमा पार्टीका योद्धा र सहिद परिवारको भावनासँग जोडिएको क्रियाशील सदस्यता खारेज हुन नसक्ने उल्लेख छ।
‘१५ औँ महाधिवेशनको कार्यतालिका बमोजिम क्रियाशील सदस्यता नवीकरण र वितरण कार्य पनि लगभग सम्पन्न भइसकेको अवस्थामा फेरि अद्यावधिको नाममा पूर्वाग्रही ढङ्गले स्थापनाकालदेखिको इतिहास र लोकतन्त्रको क्रान्ति, सङ्घर्ष र आन्दोलनको योद्धाहरूको जीवनसँग जोडिएकाको क्रियाशील सदस्यता खारेज गर्दै अन्य कुनै नाममा नवीकरण गर्ने भन्ने कुरा सरासर गलत हो,’खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसैगरी विशेष महाधिवेशन राष्ट्रिय राजनीतिलाई धमिल्याउने र कांग्रेसलाई कमजोर अवस्थामा ल्याउने षडयन्त्रको पहिलो कदम बन्न पुगेको बैठकको निष्कर्ष छ।
यस्तै सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिले वैधता पाए पनि आदेशमा कतै पनि न्यायिक मन नभेटिएको खड्काद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
साथै पार्टी नेतृत्वले अहिले पार्टीकै विभिन्न नेताहरू उपर अभिव्यक्ति दिएकै आधारमा पूर्वाग्रह साँधेर अनुशासनको नाममा स्पष्टीकरण सोध्ने घटनाक्रमप्रति खड्का समूहले आपत्ति जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको