सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सही ट्र्याकमा नचलेको भन्दै असन्तुष्टि जनाएका छन् ।

आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै उनले  नयाँ सरकार बने पनि राजनीति अझै सही ट्र्याकमा अघि बढ्न नसकेको बताएका हुन् ।

‘झण्डै दुईतिहाइको सरकारले १०० दिने कार्ययोजना सार्वजनिक गर्दा आशा जागेको थियो । तर, पछि सरकार संसद्लाई छल्दै अघि बढ्न खोजीरहेको देखियो । सरकारका सकारात्मक काममा सहयोग गर्ने र दिएका सुझावलाई बेवास्ता गरिए प्रतिवाद गर्ने छौँ,’ उनले भनेका छन् ।

अध्यादेशमार्फत सरकारले अस्वाभाविक ढंगले काम गरिरहेको उनको आरोप छ ।

उनले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र यसको परिमार्जनको निम्ति आफ्नो ठाउँबाट सरकारले राम्रो काम गर्दा रचनात्मक ढङ्गले सहयोग गर्ने  बताए।
तर सरकार अनेक गतिविधि अगाडि बढ्न थाले, नसुध्रिए सदन र सडकबाट आन्दोलन गर्न बाध्य हुने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको