राजविराज । पत्रकार शैलेश कर्णलाई पितृशाेक परेको छ । पत्रकार कर्णका पिता कामेश्वर लाल कर्णको ७८ बर्षको उमेरमा निधन भएको हो ।
पत्रकार कर्णको बुवाको एक्कसी स्वास प्रश्वासमा समस्या देखिएपछि नोबेल अस्पतालमा भर्ना गरिएको थियो । भेन्डिलेटरमा राखी उपचार गराउने क्रममै उनको निधन भएको पत्रकार कर्णले बताए ।
स्वर्गीय कर्णको जनकपुरधाम उप महानगरपालिका-१६ स्थित गाउँमा अन्त्यष्टी गरिएको जनाइएको छ ।
पत्रकार कर्ण मिथिला जनसेवा केन्द्र सप्तरीद्वारा संचालित सामुदायिक रेडियो भोरुकवा एफ एमका स्टेशन म्यानेजर हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको