काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले अवरोध गरेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही अघि बढाएपछि विपक्षी वेलमा पुगेका हुन् ।

उनीहरुले प्रधानमन्त्री वालेन्द्र शाहविरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रतिनिधि सभाका सदस्यहरूले प्रधानमन्त्री र सरकारलाई संसदप्रति उत्तरदायी बनाउन माग गर्दै प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तत्काल सञ्चालन गर्न माग गर्दै सदन अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि भन्दै बैठक स्थगित गरेका थिए ।

निरन्तर सदन अवरोध भएपछि सभामुख प्रधानमन्त्री बालेन्द्र शाह भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेका थिए ।

प्रधानमन्त्री शाहलाई भेटेर फर्किएपछि विपक्षी दलको विरोधकाबीच सदन अघि बढाएका हुन्।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमलाई प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिएका छन्।

कानूनमन्त्रीले सदन अघि बढाउँदा विपक्षीले नाराबाजी भने गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको