काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पछिल्लो निर्वाचन परिणामले नेपालको कम्युनिस्ट आन्दोलनमा गम्भीर प्रभाव पारेको स्वीकार गरेका छन् ।

बुधबार केन्द्रीय सङ्गठन विभागले काठमाडौंमा आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन परिणामलाई संकेत गर्दै उपाध्यक्ष पौडेलले विसं २००६ सालदेखि हालसम्मको कम्युनिस्ट आन्दोलनको इतिहास मूल्याङ्कन गर्दा अहिलेको अवस्था सबैभन्दा कठिन मोडमा पुगेको बताए।

उनले भने- ‘धेरै पुराना पार्टीहरू एक ढङ्गले भन्दाखेरि लामो इतिहास भएका कम्युनिस्ट पार्टीहरू आज उनीहरू कहाँ छन् भनेर खोज्नुपर्ने अवस्था छ।’

उनले पार्टी र जनताबीचको सम्बन्ध कमजोर भएको तथ्यलाई पनि स्वीकार गर्दै जनआधारसँगको दूरी कम गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए।

उनले थप भने- ;जनतासँगको पार्टीको सम्बन्ध टुटेको छ । गत निर्वाचनमा हामीले इतिहासको सबभन्दा ठुलो धक्का खायौँ । त्यो निर्वाचनको पराजय एमालेको इतिहासकै सबैभन्दा ठुलो पराजय हो । तर तर हामी फेरी जुरमुराएर अघि बढ्छौ।’

उनका अनुसार आन्दोलनलाई पुनर्जीवित गर्न जनता, पार्टी कार्यकर्ता तथा राष्ट्रिय हितका सवालसँग पुनः निकट सम्बन्ध स्थापित गर्नुपर्ने आवश्यकता छ।

साथै उनले पार्टीले असफलताबाट शिक्षा लिएर पुनः संगठित हुँदै जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको