काठमाडौं । कानुन व्यवसायी तथा जेनजी अगुवा जसमिन ओझाले बिहार सरकारकी विज्ञान, प्रौद्योगिकी एवं तकनीकी शिक्षा मंत्री शिला कुमारी मंडल सँग शिष्टाचार भेट गरेकी छन्।
भेटका क्रममा भारत–नेपाल सम्बन्ध, महिला सशक्तीकरण, युवा नेतृत्व, शिक्षा तथा सामाजिक विकासलगायतका महत्वपूर्ण विषयमा विस्तृत छलफल भएको बताइएको छ।
जसमिन ओझाले भारत र नेपालबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउन आवश्यक रहेको उल्लेख गर्दै दुवै देशका युवा तथा सामाजिक संस्थाबीच सहकार्य विस्तार गर्न सके क्षेत्रीय विकास र सामाजिक सद्भावलाई नयाँ दिशा दिन सकिने बताइन्।
त्यस अवसरमा मन्त्री मण्डलले महिला शिक्षा, प्राविधिक सशक्तीकरण तथा सामाजिक चेतनाको महत्वबारे प्रकाश पारिन्। उनले महिलालाई शिक्षा र अवसरसँग जोड्नु समग्र समाजको विकासका लागि अपरिहार्य रहेको बताउँदै भारत र नेपालबीचको शताब्दीयौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा पनि जोड दिइन्।
जसमिन ओझा नेपालको प्रभावशालि जेनजी अगुवा हुन । कानुन, सामाजिक न्याय, महिला अधिकार तथा युवा सशक्तीकरणका क्षेत्रमा उनको सक्रिय भूमिकाले उनलाई नेपालकी प्रभावशाली युवा व्यक्तित्वमध्ये एकका रूपमा स्थापित गरेको छ।
यो भेटलाई भारत–नेपाल मैत्री सम्बन्ध, महिला नेतृत्वको प्रवर्द्धन तथा सामाजिक सहकार्यलाई थप ऊर्जा प्रदान गर्ने सकारात्मक पहलका रूपमा हेरिएको छ।







