गोरखा । पूर्व गृहमन्त्री सुधन गुरुङले राजनीतिमा प्रतिपक्षीले विरोधमात्र गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सांसद् समेत रहेका गुरुङले आज रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै यस्तो भनेका हुन् ।

.प्रतिपक्ष दलहरूले जेमा पनि विरोध गरेको भन्दै उनले भने- ‘राम्रो कुरालाई सबै दलले साथ दिनुपर्‍यो । विरोध गरेर मात्र हुँदैन।’

पूर्वगृहमन्त्री गुरुङले देश बनाउन राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ्नुपर्ने बताए।

साथै रास्वपा देश बनाउन आएको पार्टी भएको पूर्वगृहमन्त्री गुरुङको भनाई छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको