काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्‌मा जवाफ दिने प्रस्ताव गरेका छन् ।

संसद्‌मा जारी गतिरोध अन्त्य गर्नेगरी रास्वपा सभापति लामिछानेले नै सोमबार सिंहरदबारमा सर्वदलीय बैठक डाकेका थिए ।

उक्त बैठकमा सभापति लामिछानेले सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा  परराष्ट्रमन्त्री शिशिर खनालले बोल्ने प्रस्ताव राखेका हुन ।

उनले भने- ‘परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, आवश्यक परे म दिन्छु,” उनले भने, “प्रधानमन्त्री बोल्नु हुन्न ।’

उनले आवश्यक परे आफूले पनि जवाफ दिन सक्ने तर, प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा जवाफ नदिने स्पष्ट पारेका छन् ।

यता विपक्षी दलहरूले उक्त प्रस्ताव ठाडै अस्वीकार गर्दै  प्रधानमन्त्री शाहले नै उक्त विषयमा संसद् बैठकमा पुगेर जवाफ दिनुपर्ने माग राखेका छन् ।

यसैबीच नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदमा विरोध जारी रहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको