काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा ब्राजिलले हाइटीमाथि ३–० को फराकिलो जित निकालेको छ ।
खेलको सुरुदेखि नै आक्रामक देखिएको ब्राजिलका लागि म्याथ्यूस कुन्हाले पहिलो हाफमै दुई गोल गरे। उनले ११औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने २३औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल थपे।
त्यसपछि ३६औँ मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट फिनिसिङ गर्दै ब्राजिलको अग्रता ३–० मा पुर्‍याए।
यस जितसँगै ब्राजिलले समूह ‘सी’ मा चार अंक जोड्दै नकआउट चरणतर्फ बलियो कदम बढाएको छ। ब्राजिलले यसअघि मोरक्कोसँग १–१ को बराबरी खेलेको थियो।
इतिहासतर्फ हेर्दा २००२ पछि विश्वकपको समूह चरणमा ब्राजिलले पहिलो पटक तीन गोल गरेको यो खेल विशेष बनेको छ।
उता, ५६ वर्षपछि विश्वकपमा पुनः सहभागिता जनाएको हाइटी भने लगातार दोस्रो हारसँगै गोलविहीन अवस्थामा छ। यसअघि हाइटी स्कटल्याण्डसँग पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको