काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन शाह आइतबार बिहान चितवन प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीमती र छोरीसहित चितवनका लागि उडेका हुन् । आजदेखि भरतपुरमा सुरु हुने रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्रीसँगै उही जहाजमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि महाधिवेशनमा सहभागी हुन चितवनतर्फ गएका छन्।

प्रधानमन्त्री सवार जहाजमा सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै यात्रुहरूलाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको स्रोतले जनाएको छ।

रास्वपाले आफ्नो प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरेको छ । महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको