काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादव स्वास्थ्योपचारका लागि आज संयुक्त राज्य अमेरिका जाँदै छन् । अघिल्लो महिना भारतमा उपचार गराउँदा यादवको प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पुष्टि भएको थियो ।

उपचारका लागि अमेरिका प्रस्थान गर्नुअघि शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति डा‍‍ यादवले चिकित्सकले ट्युमर जतिसक्दो चाँडो सुरक्षितरुपमा हटाउनुपर्ने बताएकाले नेपाल मेडिकल काउन्सिलको रायअनुसार आवश्यक उपचारका लागि अमेरिका जान लागेको जानकारी गराए ।

पूर्वराष्ट्रपति डा यादवले अमेरिकास्थित मिचिगन राज्यको डेट्रोइट सहरस्थित हेनरी फोर्ड अस्पतालमा यही असोज १० गते ट्युमरको शल्यक्रियाका लागि समय लिएका छन् ।

प्रेस विज्ञप्तिमा पूर्वराष्ट्रपति यादवले सबै नेपालीको कामनाले आफू चाँडो स्वस्थ भई स्वेदश फर्किएर देशको सेवामा लाग्ने विश्वास दिलाएका छन्। यादवले उपचारका लगि आर्थिक एवं प्रशासनिक सहयोग गरिदिएको भन्दै नेपाल सरकारलाई समेत धन्यवाद ज्ञापन गरेका छन् ।

यद्यपि, यादवलाई सरकारले दिएको सहयोगलाई लिएर सरकारको चर्को आलोचना भएको छ । पछिल्लो समसय पूर्वविशिष्टहरुको सहयोग रकम रोकिन समेत थालेको छ ।

पूर्व राष्ट्रपति यादवका एक छोरा डाक्टर र एक छोरा इन्जिनियर हुँदाहुँदै र यादवले सरकारबाट अन्य सेवा सुविधा पनि लिँदै आएकामा फेरि पनि यादवलाई सरकारले उपचार खर्च दिएको भन्दै सरकारको चर्को आलोचना भएको थियो । यस्तै, गरिब तथा विपन्नले उपचार नपाउँदा अस्पतालको झ्यालबाट हामफालेर मर्नु पर्ने र पूर्वविशिष्टहरुकाे उपचारका नाममा राज्यको ढुकुटी दोहन भइरहेकाे भन्दै कयौं टिप्पणीहरु भएका छन् ।

स्वास्थ्य क्षेत्रमा भएको खर्चबारेको एक रिपोर्ट अनुसार उपचार गराउने संख्या नागरिककै बढी भएपनि रकम बढी पूर्वविशिष्टहरुकै उपचारमा खर्च भएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको