भर्खरै नेपाल भित्रिएको ओप्पोले विशेष महत्वकासाथ एफ-१ एस स्मार्टफोनलाई नेपाली बजारमा सार्वजनिक गरेको छ । यो स्मार्टफोन विश्वमै सबैभन्दा बढी रुचाइएकोमध्ये अग्रस्थानमा पर्छ ।
विश्वमा सेल्फी रिभोलुसनका लागि ओप्पो ब्राण्ड सबैभन्दा अब्बल मानिन्छ । यसैमा आधारित भएर एफ-१ एस स्लिक मेटल बडी भएको स्मार्टफोन हो ।
यसको परफेक्ट डिजाइनले सबैलाई मोहित पार्न सक्छ भने हातमा सजिलै फिट हुने महत्वपूर्ण विशेषताले धेरैले मन पारएको कम्पनीको दावी छ । यसका केही खास विशेषताहरुले धेरैको ध्यान तानेको छ ।
सेल्फी एक्स्पर्ट फोन
यो सेल्फीका लागि विशेष फोन हो । त्यसैले कम्पनीले यसलाई ‘सेल्फी स्मार्टफोन’ का रुपमा प्रवर्द्धन गरेको छ । सोमबार नायक कर्मा र नायिका ऋचा शर्माले एफ-१ एसबाटै सेल्फी लिएर यसलाई सार्वजनिक गरेका थिए ।
कम्पनीका ब्राण्ड म्यानेजर माइकल लिले सेल्फीका लागि ओप्पोेका स्मार्टफोनहरु अरु भन्दा एक कदम अघि रहेको बताउँछन् । फ्रन्ट क्यमेरामै उत्कृष्ट मेगा पिक्सलसहित विभिन्न सुविधा प्रदान गरिएकाले एफ-१ एस अन्य भन्दा विशेष भएको उनको भनाइ छ ।
यसमा १६ मेगा पिक्सलको फ्रन्ट क्यामेरा छ । अहिलेसम्म कुनै कम्पनीले पनि फ्रन्ट क्यमेराका यति उत्कृष्ट मेगा पिक्सलको सुविधा नदिएको कम्पनीको दवी छ ।