बलिउडका महानायक अमिताभ बच्चनले विदेशीहरूले आफ्नो देशलाई बलात्कारीहरू बसोबास गर्ने ठाउँको रुपमा ब्याख्या गर्दा आफू लज्जित हुने गरेको प्रतिक्रिया दिएका छन्। उनले विदेशीहरूमा परेको यो छाप हटाउन सबै भारतीय मिलेर काम गर्नु पर्ने औँल्याएका छन्। आफ्नो अगामी चलचित्र पिंकको लागि आयोजित पत्रकार सम्मेलनमा अमिताभले भने,‘जब तपाई विदेश जानु हुन्छ र त्यहाँका मानिसलाई आफू भारतबाट आएको बताउनु हुन्छ। र, उनीहरूले बलात्कारी बस्ने देश भनेर सोध्छन, त्यतिबेला तपाई कस्तो महसुस गर्नु हुन्छ? म चाहन्छु यो अवस्था हटेर जाओस्।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?