
काठमाडौं । काठमाडौं र ललितपुरका पाँच विद्यालयमा प्रेसर कुकर बम राख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम सिंह थापाले यङग कम्युनिष्ट फोर्स नेपालका दुई जना कार्यकर्तालाई पक्राउ गरी अनुसन्धान थालिएको जनाए । बिहान काठमाडौंमा चार तथा ललितपुरको एक विद्यालय अगाडि प्रेसर कुकर बम फेला परेको थियो ।
काठमाडौंको दक्षिण ढोकास्थित दुई वटा विद्यालय अगाडि बम नै विष्फोट भएको थियो । दक्षिण ढोकाको मनकामना विद्यालयको गेटमा विष्फोट हुँदा गेटमा सामान्य क्षति भएको छ ।
त्यस्तै काठमाडौंको बौद्धस्थित राई स्कुल र डल्लुको कंचनजंघा स्कुलमा पनि प्रेसर कुकर बम फेला परेको छ ।
त्यस्तै ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमी अगाडि पनि प्रेसर कुकर बम फेला परेको छ ।
त्यहाँ बम डिस्पोजल टोलीले डिस्पोज गराइसकेको ललितपुर महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए ।
घटनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र यङ्ग कम्युनिष्ट फोर्स नेपालको पर्चा भेटिएको छ ।
प्रहरी स्रोतले यसअघि पनि यङग कम्युनिष्ट लिगका नाममा पर्चा पठाइ विद्यालयहरुबाट मोटो रकम असुली गर्ने गरेको बताउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?