• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

दोस्रो विश्वयुद्ध ताका जापानी सेनालाई लाग्ने रोगले नेपाली हैरान, आठको मृत्यु –


दोस्रो विश्वयुद्ध ताका जापानी सेनालाई लाग्ने रोगले नेपाली हैरान, आठको मृत्यु –
रत्ननगर (चितवन)। नेपालमै पहिलोपटक ‘स्क्रब टाइफस’ रोग सार्ने एक प्रकारको किरा ‘माइट’ मा ब्याक्टेरिया (जीवाणु) भएको पुष्टि भएको छ ।
उक्त ब्याक्टेरियाको नाम वरेन्सिया सुसुगामुसी हो । इपिडिमियोजोजी तथा सरुवा रोग महाशाखाले बाह्य विशेषज्ञसहितको टोली ल्याएर चितवनका मुसामा गरेको अध्ययनबाट यस्तो पुष्टि भएको हो । सन् १९९७ ताका नेपालमा माइट भएको पत्ता लागेको भए पनि सङ्क्रमित छ छैन भनेर परीक्षण भएको थिएन । “यसपटकको परीक्षणले भने माइट पनि सङ्क्रमित रहेको प्रमाणित भयो”, इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले भने – “यसरी पत्ता लागेको यो नेपालमै पहिलो हो ।”
थाइल्यान्डबाट आएका पाँचजना विशेषज्ञसहितको टोलीले पिसिआर टेस्टबाट यसरी माइट सङ्क्रमित भएको प्रमाणित गरेको उनले जानकारी दिए ।
नेपालकै सबैभन्दा बढी स्क्रब टाइफस रोगको सङ्क्रमण भएको जिल्ला चितवनमा आएर प्रविधिज्ञसहितको टोलीले १० वटा मुसा र माइटको नमुना सङ्कलन गरी लगेको थियो । दश मुसामध्ये सातवटामा माइट पाइएको थियो । स्क्रब टाइफस सङ्क्रमण भएको क्षेत्रमै पुगेर टोलीले नमुना सङ्कलन गरी लगेको थियो । सो क्रममा मुसाको महत्वपूर्ण अङ्गसमेत परीक्षणका लागि काठमाडौँ लगिएको थियो । परीक्षणका क्रममा मुसामा समेत रोग सङ्क्रमण भएको पाइएको डा गुणनिधि शर्माले जानकारी दिए ।
थाइल्यान्डबाट आएका कीटजन्य रोग तथा प्रयोगशालाविज्ञले रोग र किराबारे नेपालका स्वास्थ्यकर्मीलाई प्रशिक्षणसमेत दिएको जनाइएको छ ।
यही भदौ २४ गते आएको टोलीले मुसाका अङ्ग र माइटसहित चितवनका स्थानीय गाउँलेका ८६ नमुनासमेत सङ्कलन गरेर टोली २७ गते फर्किएको थियो । चितवनको शारदानगर, पार्वतीपुर, शङ्करचोक र विकास चोक क्षेत्रमा मुसा समाएर नमुना सङ्कलन गरिएको थियो । चितवनमा रोग सङ्क्रमणको अनुसन्धानका लागि आएका महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले चितवनमा पछिल्लो समयमा सङ्क्रमण दरमा भने कमीको सङ्केत देखिएको बताए । दोस्रो विश्वयुद्धका बेला जापानको सेनामा पहिलोपटक यो रोग देखिएको थियो । जापानमा पत्ता लागेकाले यसलाई ‘सुसुगामुसी’ भनेर भनिएको हो ।
scrub-typhus
स्क्रब टाइफसबाट मर्नेको सङ्ख्या आठ पुग्यो 
एक वर्षअघि मात्रै नेपालमा सङ्क्रमण भएको पुष्टि भएको स्क्रब टाइफस रोगबाट अहिलेसम्म आठजनाको मुत्यु भएको महाशाखाले जनाएको छ । महाशाखा अन्तर्गत इपिडिमियोलोजी शाखाका प्रमुख डा शर्माले नेपालका ३७ जिल्लामा सङ्क्रमण देखिएको यो रोगका कारण आठजनाको ज्यान गइसकेको बताए । अघिल्लो वर्ष १०१ जना सङ्क्रमित भएका पाइएको थियो । यसरी मृत्यु हुनेमा कैलालीका र सङ्खुवासभाका दुई–दुईजना छन् ।
यस्तै चितवन, गुल्मी, भोजपुर र तनहुँका एक–एकजनाको ज्यान गएको शाखाले जनाएको छ । शाखा प्रमुख डा शर्माले आइतबार दिएको जानकारीअनुसार नेपालमा अहिलेसम्म २७५ जनामा स्क्रब टाइफस लागेको पाइएको छ । सबैभन्दा बढी चितवन जिल्ला घर भएका मात्रै ९९ जना सङ्क्रमित भएका छन् ।
अरू ३६ जिल्लाका बिरामी छन् । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जिल्लामा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा यो रोगको परीक्षण हुँदै आएको बताए । यसमा भरतपुर अस्पतालमा भने सरकारले नै कीट उपलब्ध गराइएकाले निःशुल्क परीक्षण हुन्छ ।
चितवनका फिजिसिएन डा शीतल अधिकारीले समयमै अस्पताल आए उपचार सहज भएको जानकारी दिए । प्रायःजसो झाडी, खेतवारी, वनजङ्गल, घरवरिपरिको झाडी, घुरान हुने ठाउँमा देखिने गर्छ । मानिसबाट मानिसमा रोग सर्दैन । मुसाको एक प्रकारको तरल पदार्थ खाएर माइट बस्छ ।
अघाएपछि माइट जातको किरा झारमा झर्छ । त्यही झारमा मानिस पुग्दा टाँसिन्छ र सङ्क्रमितले टोक्दा सर्छ । टाउको दुख्ने, १०४ जति ज्वरो आउने, कामज्वरो आउने, घाँटीवरिपरि मसिना बिमिरा आउने, पसिना आउने तथा ग्रन्थी सुनिने यस रोगका लक्षण हुन् । रासस

 

तपाईको प्रतिक्रिया !

Related Posts

सिजनल भिसामा बेलायत पठाउने अन्तरवार्ता भन्दै होटेलमा बोलाएर गैरकानुनी रूपमा पासपोर्ट सङ्कलन

सिजनल भिसामा बेलायत पठाउने अन्तरवार्ता भन्दै होटेलमा बोलाएर गैरकानुनी रूपमा पासपोर्ट सङ्कलन

वैदेशिक रोजगार बीमा अनलाइनबाटै गर्न सकिने

वैदेशिक रोजगार बीमा अनलाइनबाटै गर्न सकिने

डब्ल्यूएचओले चीनको गल्तिहरुमा साथ दियो :  राष्ट्रपति ट्रम्प

डब्ल्यूएचओले चीनको गल्तिहरुमा साथ दियो : राष्ट्रपति ट्रम्प

भाजपाका संकटमोचक थिए अरुण जेटली

भाजपाका संकटमोचक थिए अरुण जेटली

जम्मु कश्मीरको विशेष राज्यको दर्जा खोसियो

जम्मु कश्मीरको विशेष राज्यको दर्जा खोसियो

कुटपिटबाट सप्तरीमा उपेन्द्र यादबको छोराको ज्यान गयो

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो