‘इच्छा अनुसारको अस्पतालमा उपचार नगराएको कैदीबन्दीको गुनासो’
राजविराज–कारागार व्यवस्थापनका लागि बुधवार न्यायधिवक्ताको कार्यालयले सप्तरी कारागार अनुगमन गरेको छ ।
सह–न्यायधिवक्ता गिताप्रसाद तिम्लसिना नेतृत्वमा गरिएको अनुगमनमा कारागार भित्र रहेको कैदी बन्दीहरु संग छलफल गरिएको हो ।
सह–न्याधिवक्ता तिम्लसिना कारागार भित्र रहेको कैदी बन्दीहरुको समस्या र न्याय सम्बन्धमा छलफल गर्दै त्यसको व्यवस्थापनका लागि माथि कुरा उठाउने बताए । अनुगमनकै क्रममा उनले कारागार भित्र रहेको पानी, सरसफाई , कैदीको स्वास्थ्य समस्या वारे सप्तरीका कारागार प्रमुख संग पनि छलफल गरेको थियो ।
कारागारमा कैदीहरुले स्वास्थ्य चेक जाँचका लागि इच्छा अनुसारको अस्पतालमा हामीलाई नपठाएको गुनासो गरे । कारागारको मुख्य समस्या स्वास्थ्य रहेको र कैदीहरुले स्थास्थ्य जाँचका लागि आफै पैसा तिर्ने भने पनि इच्छा अनुसारको स्थास्थ्य केन्द्रमा नलगिदिने गुनासो गर्दा गुनासो सुन्ने अधिकारीहरुले कारागार प्रममुखलाई इच्छा अनुसारको अस्पताल तथा स्वास्थ्य केन्द्रमा पठाउने समेत निर्देशन दिए ।
कारागार प्रमुखका कृष्णबहादूर दाहालका अनुसार प्रहरीले रोकेर मात्र कैदीलाई इच्छा अनुसारको अस्पतालमा नपठाएको जवाफ दिए ।
अहिले सप्तरी कारागारमा महिला कैदी २१ जना तथा पुरुष कैदी २ सय ९५ जना रहेको छ ।
अनुगमनमा सह–न्यायधिवक्ता खेमराज ज्ञवाली, उप–न्याधिवक्ता पिकेन्द्र दाहाल, सप्तरी प्रहरी प्रमुख भीमप्रसाद ढकाल, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा लगायतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको