
विराटनगर–मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधन गर्नका लागि प्रतीपक्ष एमाले र आफनो पार्टीसँग सरकारले कुनै छलफल नगरेको गुनासो गरेका छन् ।
विराटनगर विमानस्थलमा बुधवार संचारकर्मीहरुसंग कुराकानी गर्दै गच्छदारले सवैदलहरुसँग सहमति गरेर मात्र सरकारले संविधान संशोधन प्रक्रिया अगाडी वढाउनुपर्ने बताए ।
नेपाली कांग्रेस र माओवादी केन्द्रको सहमतिमा मात्रै संविधान संशोधन हुन नसकने बताउँदै उनले संविधान सशोधनका लागी मुख्यदल, मधेशीमोर्चा तथा मधेशवादीदलहरुसँग सहमति गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष गच्छदारले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको र त्यसका लागि स्थानीय संरचनाहरुको सीमा एवं संख्याको टुंगो लगाएर मात्र निर्वाचन गर्नुपर्ने बताए ।
उनले भने ‘निर्वाचन आवश्यक भएपनि झापा, मोरङ, सुनसरी, कैलाली तथा कञ्चनपुर जिल्लाको सीमांकन विवाद टुङ्ग्याएर मात्र निर्वाचनमा जानुपर्छ ।’