जिशिकाको कुरा ‘हात्तीको देखाउने दाँत जस्तै’

 

राजविराज–सप्तरी जिल्लामा अनुमति नलिएका नीजि विद्यालयहरु खुल्लाआम सञ्चालनमा छन् । पूर्व प्राथमिक विद्यालय सञ्चालन गर्ने अनुमति गाविस वा नगरपालिकाबाट लिएर त्यसमा प्राथमिक देखि माथि स्तर सम्मको पढाई हुँदै आएको छ ।
पूर्व प्राथमिक विद्यालय लाई सामान्य भाषामा बुझ्ने हो भने ‘प्रारम्भिक वालविकास’ हुन्छ, जसमा अढाई बर्ष देखि लिएर ५ वर्ष सम्मको वालबालिकाहरुलाई पढाउन सकिन्छ तर यहाँ पूर्व प्राथमिक विद्यालयको नाउँमा कैयौं नीजि विद्यालयहरु अनुमति लिएको विद्यालय जस्तै साईन वोर्ड झुण्ड्याएर अभिभावकहरुबाट मोटो रकम असूली गर्दे आएको छ ।
अनुमति लिएका विद्यालयहरु पनि लिएको अनुमति भन्दा माथि तह सम्मको कक्षा सञ्चालन गर्नमा पछि परेको छैन् ।
अनुमति लिएका नीजि विद्यालयहरुले प्रत्येक वर्ष सरकारी विद्यालयसंग समन्वय गरी पढाउने यता र परीक्षा तथा प्रमाण–पत्रको व्यवस्था सरकारी विद्यालयबाट मिलाउने गर्दै आएको छ र यसमा सरकारी विद्यालयका प्रधानाध्यापकहरुको संलग्नता हुन्छ ।
यहाँ अनुमति नलिई चलेका सबै विद्यालयहरु बन्द गराउने निर्णय जिल्ला शिक्षा कार्यालय सप्तरीले गरे पनि सोको कार्यान्वयन भने अहिले सम्म हुन सकेको छैन् ।
शिक्षा कार्यालयले बेला बखतमा अनुमति नलिएका संस्थागत तथा निजी विद्यालयहरु बन्द गराउने सन्दर्भमा कुरा गर्दै आएपनि त्यो हात्तीको देखाउने दाँत जस्तै भएको छ ।
हाल सप्तरीमा अनुमति नलिएका २५७ वटा.संस्थागत तथा निजि विद्यालय सञ्चालनमा रहेको शिक्षा कार्यालयकै तथ्यांकले देखाउँछ ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले बारम्बार विनाअनुमति चलेको विद्यालय बन्द गर्न सुचना निकाले पनि विद्यालय संचालकहरुले विद्यालय बन्द गर्न मानेको छैन् ।
साउन २१ र भदौ १ मा जिल्ला शिक्षा कार्यालय सप्तरीले सूचना प्रकाशित गरेर अनुमति नपाएका विद्यालयहरुले अविलम्व कक्षा सञ्चालन नगरी बन्द गर्न भनेका थिए ।
शिक्षा कार्यालयले बन्द नगरेमा शिक्षा ऐन २०२८ (संसोधन सहित) र शिक्षा नियमावली २०५९ अनुसार कारबाहीको प्रक्रिया अगाडी वढाउने सूचनामा उल्लेख गरेको भएपनि अहिले सम्म कुरामा मात्र सिमित देखिएको छ ।
जिल्ला शिक्षा अधिकारी शंकर प्रसाद लुइटेल भन्छन् “यस्ता विद्यालयहरु माथि कारबाहीको प्रक्रिया अगाडी बढाईनेछ, हामीले सबै श्रोत केन्द्रका श्रोत व्यक्ति तथा विद्यालय निरिक्षकलाई चेकजाँच गरी प्रतिवेदन पेश गर्न भनेका छौं र प्रतिवेदन आएपछि हामी प्रक्रियामा जान्छौं ।”
उनले यो समस्या जिल्लामा बर्षौ देखी रहेकोले यसको समाधानका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको